खेलकूद

अष्ट्रेलियाले जित्यो दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी शृंखला

हिमालय टिभी
२०८० भदौ १६ गते ९:५९
अष्ट्रेलियाले जित्यो दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी शृंखला

१६ भदौ २०८० काठमाडौं । अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी शृंखला जितेको छ ।

पाहुना टोली अष्ट्रेलियाले दोस्रो खेल ८ विकेटले जित्दै ३ खेलको शृंखलामा २० अग्रता लिएको हो । १६५ रनको मध्यम लक्ष्य अष्ट्रेलियाले ३१ बल अगावै मात्र २ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

अष्ट्रेलियाका कप्तान मिचेल मार्श ७९ रनमा अविजित रहँदा म्याथ्यु सर्टले ६६ रन जोडे । बलिङमा अफ्रिकाका लिजाड विलियम्स र तबरेज साम्सीले एक(एक विकेट लिए ।

यसअघि डर्बनमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली अफ्रिकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । अफ्रिका कप्तान एडिएन मारक्रम ४९, टेम्बा बभुना ३५ तथा ट्रीसटन स्टुब्स २७ रनमा आउट भए ।

अष्ट्रेलियाका सिन एब्बोट र नाथन इलिसले समान ३ विकेट लिए । अष्ट्रेलियाले पहिलो खेल १११ रनले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्