खेलकूद

वेष्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०८० भदौ १६ गते ९:४६
वेष्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

१६ भदौ २०८० काठमाडौं । वेष्ट ह्याम युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगको पछिल्लो खेलमा लुटन टाउनलाई २-१ ले हराउँदै वेष्ट ह्यामले शीर्ष स्थान कब्जा गरेको हो । अवे मैदानमा वेष्ट ह्यामले ३७औं मिनेटमा जारोर्ड बावेनको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि ८५औं मिनेटमा कर्ट जौमाले वेष्ट ह्यामको अग्रता दोब्बर पारेका थिए । लुटनका म्याड्स एन्डरसनले इञ्जुरी समयमा एक गोल फर्काए ।

जितसँगै वेष्ट ह्यामले ४ खेलमा १० अंक जोडेको छ । तीन खेलमा जितविहिन लुटन पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्