दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्डसँग न्युजिल्याण्ड ९५ रनले पराजित

१६ भदौ २०८० काठमाडौं । इंग्ल्याण्डले दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा न्यूजिल्याण्डलाई ९५ रनले पराजित गरेको छ ।
१९९ रनको लक्ष्यसहित मैदान ओर्लेको पाहुना टोली न्यूजिल्याण्डले १३ दशमलव ५ ओभरमा अलआउट हुँदै १०३ रनमात्र बनाउन सक्यो ।
उसका लागि टीम सीफर्टले ३९, ग्लेन फिलिप्सले २२ तथा मार्क चापम्यानले १५ रन बनाए । इंग्ल्याण्डका गुस एटिक्सनले ४ विकेट लिए ।
यसअघि ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले निर्धारित ओभरमा ४ विकेटको नोक्सानीमा १९८ रन बनाएका थियो ।
इंग्ल्याण्डका जोन्नी बेरिष्टो ८६ रनमा अविजित रहे । त्यस्तै ह्यारी ब्रुकले ६७ रन जोडे । बलिङमा न्यूजिल्याण्डका इश सोधीले २ विकेट हात पारे ।
जितसँगै इंग्ल्याण्डले चार खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । पहिलो खेल इंग्ल्याण्डले ७ विकेटले जितेको थियो ।
प्रतिक्रिया