खेलकूद

ट्वेन्टी-ट्वेन्टी क्रिकेट महिला विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालको लगातार दोस्रो जित

हिमालय टिभी
२०८० भदौ १५ गते १३:३१
ट्वेन्टी-ट्वेन्टी क्रिकेट महिला विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालको लगातार दोस्रो जित

१५ भदौ २०८० काठमाडौं । आईसीसी ट्वेन्टी-ट्वेन्टी क्रिकेट महिला विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

समूह ए अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो । ३२ रनको झिनो लक्ष्य नेपालले २ दशमलव ५ ओभरमा पूरा ।

नेपालकी कविता कुँवर १८ र सिता राना मगर २ रनमा अविजित रहिन् । नेपालले १३ रन अतिरिक्तको रुपमा पाएको थियो ।

यसअघि मलेसियाको क्लालालाम्पुरमा टस जितेर ब्याटिङ गरेको बहराइन १५ दशमलव ४ ओभरमा ३१ रनमै अलआउट भएको थियो । मलेसियाकी ब्याटर दीपीका रसजिकाले सर्वाधिक ११ रन बनाइन् ।

त्यस्तै इशारा मधुवन्ती र नेई आशाले समान ५ रन जोड्दा थारंगा इशुरीले ४ रन थपिन् । बहराइनका ६ ब्याटरले खाता नै खोल्न सकेनन् । बहराइनलाई कम रनमै समेट्न नेपालकी इन्दु बर्माले ३ तथा खुशी डंगोलले दुई विकेट लिइन् ।

त्यस्तै कविता कुँवर, पूजा महतो र रुबिना क्षेत्रीले १(१ विकेट लिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा पर्सी भुटानसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्