खेलकूद

एसिया कप क्रिकेटमा नेपालको उत्कृष्ट बलिङ, पाकिस्तानले गुमायो दुई विकेट

हिमालय टिभी
२०८० भदौ १३ गते १६:३८
एसिया कप क्रिकेटमा नेपालको उत्कृष्ट बलिङ, पाकिस्तानले गुमायो दुई विकेट

१३ भदौ २०८० काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पहिले बलिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

मुल्तान क्रिकेट रंगशालामा जारी खेलमा टस गुमाएर फिल्डिङ गरेको नेपालले पहिलो प्लेमा ४४ रन खर्चिएर २ विकेट लियो । छैटौं ओभरको तेस्रो बलमा करण केसीले नेपाललाई पहिलो सफलता दिलाए ।

करणको बलमा फखर जमान विकेट किपर आसिफ शेखबाट क्याच भए । लगतै सातौं ओभरको पहिलो बलमा नेपाललाई दोस्रो सफलता प्राप्त भयो ।

सोमपाल कामीको बलमा १ रनका लागि दौडिएका अर्का ओपनर इमाम उल हक रन आउट भए । अहिले क्रिजमा कप्तान बाबर आजम र मोहम्मद रिजवानले पाकिस्तानको पाली सम्हालिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्