खेलकूद

ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको शानदार जित

हिमालय टिभी
२०८० भदौ १२ गते ८:४२
ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको शानदार जित

१२ भदौ २०८० काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले शानदार जित निकालेको छ ।

ला लिगामा गएराति एट्लेटिकोले रायो भालेकानोमाथि ७–० को फराकिलो जित निकालेको हो ।

अवे मैदानमा एट्लेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोनी ग्रिजम्यान, मेम्पीस डीपे, नाहुएल मोलिना, एञ्जल कोरिए र मार्कोस लोरेन्टोले एकएक गोल गरे ।

जितसँगै ३ खेलबाट ७ अंक जोड्दै एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । हारपछि ३ खेलबाट ६ अंक रहेको रायो भालेकानो आठौं स्थानमा झरेको छ ।

ला लिगाकै अर्को खेलमा गेटाफेले अलाभेसलाई १–० ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्