खेलकूद

पाकिस्तानद्वारा अफगानिस्तानविरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खला क्लिन स्वीप

हिमालय टिभी
२०८० भदौ १० गते ९:२६
पाकिस्तानद्वारा अफगानिस्तानविरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खला क्लिन स्वीप

१० भदौ २०८० काठमाडौं । पाकिस्तानले अफगानिस्तानविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट शृंखला क्लिन स्वीप गरेको छ ।

तेस्रो तथा अन्तिम खेल ५९ रनले जित्दै पाकिस्तानले शृंखला ३–० ले जितेको हो । २६९ रनको लक्ष्यसहित मैदान ओर्लेको अफगानिस्तान ४८ दशमलव ४ ओभरमा २०९ रनमा अलआउट भएको थियो ।

उसका लागि मुजिब उर रहमानले ६४, साहिदुल्लाहले ३७ तथा रियाज हसनले ३४ रन बनाए । बलिङमा पाकिस्तानका सादब खानले तीन तथा शाहिन साह अफ्रिदी, फहिम अशरफ र मोहम्मद नवाजले समान दुई विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २६८ रन बनाएको थियो । पाकिस्तानका ब्याटर मोहम्मद रिजवानले ६७ तथा कप्तान बाबर आजमले ६० रन बनाए ।

त्यस्तै आगह सलमान ३८ रनमा अविजित रहे । अफगानिस्तानका गुलबदिन नैब र फरिद अहमले २-२ विकेट लिए । पाकिस्तानका मोहम्मद रिजवान म्यान अफ द म्याच र इमाम उल हक म्यान अफ द सिरिच चुनिए । पाकिस्तानले पहिलो खेल १४२ रनले र दोस्रो खेल एक विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्