आर्थिक

गाेलभेँडा खेती उत्साहित किसान (भिडियो रिपोर्टसहित)

२०८० भदौ ८ गते २०:५५
गाेलभेँडा खेती उत्साहित किसान (भिडियो रिपोर्टसहित)

८ भदौ २०८० रुपन्देही । लुम्बिनी प्रदेश पहाडी जिल्लाका किसानले आफ्नो खेतीमा प्राविधिक सीप तथा प्रविधिको प्रयोग बढाएका छन् ।

सिंचाईं सुविधाको अभाव रहेका जमिनमा समेत प्रविधिको माध्यमबाट किसानले व्यवसायिक रुपमा गोलभेडा खेती सुरु गरेका छन । प्रविधिको माध्यमबाट खेती गर्दा उत्पादन वृद्धि भएकाले किसानले राम्रो आम्दानी गरेका छन्।

रातको ८ बजिसक्यो, गुल्मी रुरु गाउँपालिका( ४ का कुलचन्द्र र कपिल ज्ञवाली निकै व्यस्त छन् । आफूले फलाएको गोलभेडा टिपेर बजारमा पठाउन गाडीमा लोड गर्दैछन् ।

लोड गरिएको यो गोल्भेडा ७० किलोमिटर टाढा बुटवलको थोक बजार पुग्छ । ज्ञवाली दाजुभाइले ५ वर्षदेखि व्यवसायीक गोलभेडा खेती गर्दै आएका छन्, प्रतिफल पनि राम्रो छ ।

पानीको अभाव रहेको जोर्तेमा लिफ्टिङको माध्यमबाट पानी ल्याएर पोखरीमा जम्मा गर्दै थोपा सिँचाईं गरिएको छ । असिनाबाट बचाउनका लागि नेट हाउस लगाइएको छ । उन्नत जातको विउ, आवश्यकताका आधारमा मल, विषादीको प्रयोगले उत्पादन र उत्पादकत्व बृद्धि भएको छ । दाजुभाइले ५२ रोपनी जग्गा भाडामा लिएको मध्ये करिब ३५ रोपनी जग्गामा गोलभेडा खेती गरेका छन् । पहिलो वर्ष गोलभेडा खेतीबाट घाटा बेहोरेका दाजुभाइले प्रविधिको प्रयोग गरेसँगै उत्पादन र नाफा वृद्धि भएको छ ।

यस्तै पाल्पाको रिब्दिकोट गाउँपालिकामा लुम्बिनी प्रदेश सरकारको पौरखनी स्मार्ट कार्यक्रम संचालनमा ल्याएपछि किसानले सामुहिक रुपमा गोलभेडा खेती गर्दै आएका छन् । गाउँका ९८ परिवारले करिब ३०० रोपनी जग्गामा अहिले गोलभेडा खेती गरेका छन् । किसानले प्रविधिमा आधारित खेती प्रणाली सुरु गर्दा उत्पादनमा समेत बुद्धि हुँदा यो गाउँ अहिले लुम्बिनी प्रदेशकै नमुना बनेको छ ।

लुम्बिनी प्रदेशको ६ लाख ८० हजार १५ हेक्टर खेती योग्य जमिन मध्ये ४ हजार ६ सय ५९ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । प्रदेश सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान लिन थालेपछि कृषकहरु व्यवसायीक रुपमा तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *