खेलकूद
प्रिमियर लिग फुटबलमा नट्टिंघम फरेष्ट विजयी
२०८० भदौ २ गते ८:१६
२ भदौ २०८० काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नट्टिंघम फरेष्ट विजयी भएको छ ।
प्रिमियर लिगको पछिल्लो खेलमा नट्टिंघमले शेफिल्ड युनाइटेडमाथि २-१ को जित निकाल्यो ।
घरेलु मैदानमा नट्टिंघमलाई तेस्रो मिनेटमै टाइवो अवनियीले अग्रता दिलाएका थिए । तर ४८औं मिनेटमा शेफिल्डका गुस्ताभो हामिरले गोल गर्दै खेल बराबरी गरे ।
त्यसपछि ८९औं मिनेटमा क्रिस उडले गोल गरेपछि नट्टिंघम २-१ ले विजयी भयो । जितसँगै दुई खेलबाट तीन अंक जोड्दै नट्टिंघम आठौं स्थानमा उक्लिएको छ ।
लिगको नयाँ सिजनको पहिलो खेलमा नट्टिंघम आर्सनलसँग २-१ ले पराजित भएको थियो । शेफिल्ड भने लगातार दुई खेलमा पराजित भएको छ ।
प्रतिक्रिया