खेलकूद
मछिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित
२०८० साउन ३२ गते ८:१६

३२ साउन २०८० काठमाडौं । एएफसी कप छनोटमा मछिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ ।
मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणको दोस्रो खेलमा मोहन बगानसँग ३–१ पराजित भएको हो ।
कोलकाताको साल्टलेक रंगशालामा मोहन बगानका लागि अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउले सान्तवना गोल गरेका थिए ।
अब मोहन बगानले प्लेअफको फाइनलमा ढाका अबहानीसँग खेल्नेछ । छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले मोहन बगानसँग खेलेको हो ।
प्रतिक्रिया