खेलकूद
म्यानचेष्टर सिटीले जित्यो पहिलो पटक युईएफए सुपर कप फुटबलको उपाधि
२०८० साउन ३२ गते ८:१२

३२ साउन २०८० काठमाडौं । म्यानचेष्टर सिटीले पहिलो पटक युईएफए सुपर कप फुटबलको उपाधि जितेको छ ।
फाइनलमा सेभियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै सिटीले उपाधि उचालेको हो ।
एथेन्समा सेभियाले खेलको २५औं मिनेटमै युसेफ एन नेसरीको गोलबाट अग्रता बनाएको थियो । तर ६३औं मिनेटमा सिटीका कोल पाल्मरले गोल गर्दै खेल बराबरी गरेका थिए ।
त्यसपछि बाँकी समयमा पनि दुबैतर्फबाट थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा सेभियाका नेमान्जा गुडेलजीको प्रहार गोलपोष्टको बारमा लागेर बाहिरिएको थियो ।
प्रतिक्रिया