आर्थिक

अर्थमन्त्रीसँग छैन मास्टर प्लान, प्रचारबाजीमै रमाइलो (भिडियो रिपोर्टसहित)

२०८० साउन २९ गते २०:५६
अर्थमन्त्रीसँग छैन मास्टर प्लान, प्रचारबाजीमै रमाइलो (भिडियो रिपोर्टसहित)

२९ साउन २०८० काठमाडौं । सरकारले कुनै मास्टर प्लान बिनै बजेट कार्यान्वयनमा लैजाँदा त्यसको असर आर्थिक वर्षको पहिलो महिनामै देखिएको छ ।

गत वर्षको तुलनामा पहिलो महिनामै राजस्व संकलन र विकास खर्च निकै कम भयो । तर अर्थमन्त्री प्रकाशशरण महत भने अर्थतन्त्र चलायमान बनाउन राजस्व प्रशासनलाई सुधार गर्ने र प्रभावकारी बजेट कार्यान्वयनमाभन्दा सस्ता कार्यक्रमको रमझम र प्रचारबाजीमै व्यस्त हुनुहुन्छ ।

अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेको ४ महिना बितिसकेको छ । अर्थतन्त्रका सूचक कमजोर भएका बेला मन्त्रालयको बागडोर सम्हाल्नु भएका महतको पहिलो जिम्मेवारी यसलाई सुर्धानु थियो ।

उहाँको मुख्य प्राथमिकता अर्थतन्त्र चलायमान बनाउन राजस्व प्रशासन चुस्त दुरुस्त बनाएर सरकारको आम्दानी बढाउने र प्रभावकारी बजेट कार्यान्वयन गर्नेमा हुनुपर्ने थियो । तर मन्त्री महतलाई सार्वजनिक कार्यक्रममा भाषण दिएरै फुर्सद छैन् ।

यतिसम्म की विगतको जस्तो निर्देशनले मात्र बजेटको प्रभावकारी कार्यान्वयन नहुने भन्दै मास्टर प्लान बनाउन पूर्वमन्त्रीदेखि विज्ञसम्मले सुझाव दिदा समेत मन्त्रीलाई त्यसलाई समेत बेवास्ता गर्नुभयो । जसको कारण चालू आर्थिक वर्षको पहिलो महिना साउनमै गत वर्षको भन्दा कम विकास खर्च र राजस्व संकलन हुन गयो ।

गत वर्ष ६२ करोड २९ लाख रुपैयाँ विकास खर्च र राजस्व संकलन ८० अर्ब ७० करोड थियो । तर यो वर्ष साउन २९ सम्म ७६ अर्ब ५४ करोड मात्र राजस्व संकलन र २२ करोड ९२ लाख विकास खर्च भएको छ।

अर्थमन्त्री महत केबल प्रचारबाजीमा मात्रै रमाउदै हुनुहुन्छ । बजेट कार्यान्वयनको कुनै स्पष्ट खाका तयार नगरेर कर्मचारीलाई निर्देशन दिनमै व्यस्त हुनुहुन्छ । यतिसम्मकी उहाँले आइतबार त बैंकर्सहरुलाई बोलाएर ब्याजदर घटाउन समेत निर्देशन दिनुभयो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बाह्य अर्थतन्त्रमा सुधार आएको देखिएपनि आन्तरिक अर्थतन्त्र डामाडोल नै छ । काम सकेर बिल पेश गरेको १० अर्ब पैसा सरकारले नै नदिएको भन्दै करिब तीन सातादेखि निर्माण व्यवसायी आन्दोलनमा छन् ।

बजेट र मौद्रिक नीतिबाट निजी क्षेत्र सन्तुष्ट छैन् । आलु प्याजमा समेत भ्याट लगाएपछि महत प्रति जनअपेक्षा पनि गुमेको छ। यो अवस्थामा मन्त्री महतको ध्यान अर्थतन्त्र सुधारमा छैन् । आम्दानी भन्दा खर्च बढेका कारण गत आर्थिक वर्षमा सरकार १ खर्ब रुपैयाँ घाटामा गयो ।

अहिलेदेखि खुम्चिएको अर्थतन्त्र सुधार, आम्दानी वृद्धि र बजेट घाटा पूर्ति गर्न मन्त्री महतले गम्भिरता नदेखाउने हो भने यो वर्ष पनि चरम संकट आउन ने र बजेट घाटा थप बढ्नेमा दुइमत छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *