खेलकूद

वेष्ट इण्डिजविरुद्धको चौथो टी–२० मा भारत ९ विकेटले विजयी

हिमालय टिभी
२०८० साउन २८ गते ९:०३
वेष्ट इण्डिजविरुद्धको चौथो टी–२० मा भारत ९ विकेटले विजयी

२८ साउन २०८० काठमाडौं । वेष्ट इण्डिजविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टीमा भारत ९ विकेटले विजयी भएको छ ।

१७९ रनको लक्ष्य भारतले १८ बल अगावै मात्र एक विकेटको नोक्सानीमा पूरा गरेको थियो । भारतका ब्याटर यशस्वी जयसवाल ८४ रनमा अविजित रहे । त्यस्तै शुभमन् गीलले ७७ रन जोडे ।

बलिङमा वेष्ट इण्डिजका रोमारियो शेफर्डले एकमात्र विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको घरेलु टोली वेष्ट इण्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।

उसका लागि सिमरोन हेट्मेयरले ६१ तथा साई होपले ४५ रन बनाएका थिए । बलिङमा भारतका अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । यससँगै पाँच खेलको शृंखला २२ को बराबरी भएको हो ।

वेष्ट इण्डिजले पहिलो खेल ४ रनले र दोस्रो खेल २ विकेटले जितेको थियो । तेस्रो खेलमा भने भारत ७ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्