खेलकूद

स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा

हिमालय टिभी
२०८० साउन २६ गते १३:१२
स्पेन पहिलोपटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा

२६ साउन २०८० काठमाडौं । स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

आज विहान सम्पन्न क्वार्टरफाइनलको पहिलो खेलमा साविक उपविजेता नेदरल्याण्ड्सलाई २-१ ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

न्यूजिल्याण्डको विलिङटन क्षेत्रिय रंगशालामा ८१औं मिनेटमा मारिओना काल्डेन्टेले स्पेनलाई अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टीमार्फत गोल गरेकी हुन् । तर इञ्जुरी समयमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले गोल गर्दै खेल बराबरी गरिन् ।

निर्धारित ९० र इञ्जुरी समयमा पनि ११ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा साल्मा सेलेस्टे पारेलुले गोल गर्दै स्पेनको जित सुनिश्चित पारिन् । उनी ७१औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।

त्यस्तै अर्को खेलमा न्यूजिल्याण्डको अकल्याण्डस्थित इडेन पार्कमा जापान र स्विडेनबीच प्रतिस्पर्धा भइरहेको छ । राउण्ड अफ सिक्सटिनमा जापानले नर्वेमाथि र स्विडेनले साविक विजेता अमेरिकालाई हराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्