खेलकूद

महिला विश्वकप फुटबलमा क्वार्टरफाइनल खेल शुरु

हिमालय टिभी
२०८० साउन २६ गते ८:०३
महिला विश्वकप फुटबलमा क्वार्टरफाइनल खेल शुरु

२६ साउन २०८० काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा क्वार्टरफाइनलका खेल शुरु भएका छन् ।

अन्तिम आठको पहिलो खेलमा साविक उपविजेता नेदरल्याण्ड्स र स्पेनबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई र स्पेनले स्विट्जरल्याण्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका हुन् । खेल न्यूजिल्याण्डको विलिङटन क्षेत्रिय रंगशालामा जारी छ ।

त्यस्तै आजै हुने अर्को खेलमा जापान र स्विडेन आमने सामने हुनेछन् । राउण्ड अफ सिक्सटिनमा जापानले नर्वेमाथि र स्विडेनले साविक विजेता अमेरिकालाई हराएका थिए । न्यूजिल्याण्डको अकल्याण्डस्थित इडेन पार्कमा खेल दिउँसो सवा एक बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्