खेलकूद

तेस्रो ट्वेन्टी–ट्वेन्टीमा वेष्ट इण्डिज भारतसँग सात विकेटले पराजित

हिमालय टिभी
२०८० साउन २४ गते ८:२४
तेस्रो ट्वेन्टी–ट्वेन्टीमा वेष्ट इण्डिज भारतसँग सात विकेटले पराजित

२४ साउन २०८० काठमाडौं । भारतले तेस्रो ट्वेन्टी–ट्वेन्टीमा वेष्ट इण्डिजलाई ७ विकेटले हराएको छ ।

१६० रनको मध्यम लक्ष्य पाहुना टोली भारतले १३ बल अगावै मात्र ३ विकेटको नोक्सानीमा पूरा गरेको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ८३ रन बनाए । त्यस्तै तिलक वर्मा ४९ र कप्तान हार्दिक पाण्ड्या २० रनमा अविजित रहे ।

वेष्ट इण्डिजका अल्जारी जोसेफले दुई विकेट लिए । यसअघि गुएनामा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

वेष्ट इण्डिजका ब्राण्डम किंगले ४२ रन जोड्दा कप्तान रोभम्यान पावेलले नटआउट ४० रन बनाए । त्यस्तै कायल मेयर्स २५ तथा निकोलस पुरनले २० रन थपे । बलिङमा भारतका कुलदीप यादवले ३ विकेट लिए ।

यससँगै ५ खेलको शृंखलामा घरेलु टोली वेष्ट इण्डिजको २(१ को अग्रता भएको छ । वेष्ट इण्डिजले पहिलो खेल ४ विकेटले र दोस्रो खेल २ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्