खेलकूद

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०८० साउन २३ गते ८:२९
महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै

२३ साउन २०८० काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

राउण्ड अफ सिक्सटिन अन्तर्गत आजको पहिलो खेलमा कोलम्बिया र जमैकाले प्रतिस्पर्धा गर्नेछन् । कोलम्बिया समूह एच को विजेता र जमैका समूह एफ को उपविजेता हुँदै अन्तिम सोह्रमा पुगेका हुन् । अष्ट्रेलियाको मेलबर्नस्थित रेक्टेङ्गुलर रंगशालामा खेल पौने दुई बजे शुरु हुनेछ ।

त्यस्तै प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा फ्रान्स र मोरक्को आमने सामने हुनेछन् । फ्रान्स समूह एफ को विजेता टोली हो । मोरक्को भने समूह एच को उपविजेताको रुपमा अन्तिम सोह्रमा पुगेको हो ।

अष्ट्रेलियाको एडिलेडस्थित हिन्डमार्श रंगशालामा खेल दिउँसो पौने पौने पाँच बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्