आर्थिक

देशमा आर्थिक बन्दी : वाणिज्य बैंकहरु अर्बौेँ नाफा कमाउँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २१ गते २०:३९
देशमा आर्थिक बन्दी : वाणिज्य बैंकहरु अर्बौेँ नाफा कमाउँदै (भिडियो रिपोर्टसहित)

२१ साउन २०८० काठमाडौं । आर्थिक शिथिलताका कारण मुलुकको अर्थतन्त्र सुस्ताए पनि बैंकहरुको नाफा भने बढेको छ। गत वर्ष वाणिज्य बैंकहरुले ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । मन्दीमा रहेको यो एक वर्षमै बैंकहरुले अघिल्लो वर्षको तुलनामा १४ अर्ब रुपैयाँ बढी नाफा कमाएका हुन् ।

आर्थिक वर्ष २०७९–०८० मा संचालनमा रहेका वाणिज्य बैंकले ७० अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका थिए । २० वटा वाणिज्य बैंकमध्ये कुमारी र प्राईम बैंकको नाफा घटे पनि बाँकी १८ वटाको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ । सबैभन्दा बढी नाफा कमाउनेमा नबिल र दोस्रोमा ग्लोबल आइएमई बैंक छ ।

कुन बैंकको नाफा कति ?

नविल बैंक
७ अर्ब ५२ करोड रुपैयाँ

ग्लोबल आइएमई बैंक
७ अर्ब २५ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंक
४ अर्ब ९१ करोड रुपैयाँ

एनआईसी एशिया बैंक
४ अर्ब ६५ करोड रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
४ अर्ब २९ करोड रुपैयाँ

स्ट्याण्डर्ड चाटर्ड बैंक
३ अर्ब ५२ करोड रुपैयाँ

नेपाल बैंक लिमिटेड
३ अर्ब ४१ करोड रुपैयाँ

एनएमबी बैंक
३ अर्ब ४१ करोड रुपैयाँ

एभरेष्ट बैंक
३ अर्ब ३९ करोड रुपैयाँ

हिमालयन बैंक
३ अर्ब २६ करोड रुपैयाँ

सिद्धार्थ बैंक
३ अर्ब १९ करोड रुपैयाँ

कृषि विकास बैंक
३ अर्ब १ करोड रुपैयाँ

प्रभु बैंक
२ अर्ब ८२ करोड रुपैयाँ

सानिमा बैंक
२ अर्ब ६१ करोड

लक्ष्मी सनराईज बैंक
२ अर्ब २६ करोड रुपैयाँ

प्राईम कमर्सियल बैंक
२ अर्ब २६ करोड

नेपाल एसबीआई बैंक
२ अर्ब २४ करोड रुपैयाँ

सिटिजन्स बैंक
२ अर्ब २१ करोड रुपैयाँ

कुमारी बैंक
१ अर्ब ९५ करोड रुपैयाँ

माच्छापुच्छ्रे बैंक
१ अर्ब ८५ करोड रुपैयाँ

आर्थिक मन्दीका कारण उत्पादन र वितरणको चक्रमा नै असन्तुलन पैदा हुँदा गत वर्ष अधिकांश व्यापार व्यवसाय घाटामा गएका छन् । यो अवस्थामा पनि समग्र बैंकहरुको नाफा भने सकारात्मक छ ।

अर्थतन्त्र मन्दीमा गए पनि बुम भए पनि बैंकिङ व्यवसायमा खासै प्रभाव पारेको छैन । बैंकहरुले ऋणीलाई चर्को ब्याज लगाएर र अनावश्यक सेवा सुविधा असुल्ने गरेका कारण पनि सधै नाफामा जाने गरेको आरोप लाग्ने गरेको छ।

तर अघिल्लो वर्षको तुलनामा अधिकांश वाणिज्य बैंकहरुको खुद नाफा बढेपनि खराव कर्जा, नियामकीय रिजर्भ बढेकाले वितरणयोग्य नाफामा भने कमि देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *