खेलकूद

नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश

हिमालय टिभी
२०८० साउन २१ गते १३:०९
नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश

२१ साउन २०८० काठमाडौं । नेदरल्याण्ड्स फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रिक्वार्टरफाइनल अन्तर्गत आज सम्पन्न पहिलो खेलमा दक्षिण अफ्रिकालाई २-० ले हराउँदै नेदरल्याण्ड्सले अन्तिम आठमा स्थान पक्का पारेको हो । अष्ट्रेलियाको सिड्नी फुटबल रंगशालामा नवौं मिनेटमै जिल रुडले नेदरल्याण्ड्सलाई अग्रता दिलाएकी थिइन् ।

६८औं मिनेटमा लिनेथ विरेनस्टेनले नेदरल्याण्ड्सको अग्रता दोब्बर पार्न सफल भइन् । त्यसपछि खेलमा थप गोल हुन सकेन । साविक उपविजेता नेदरल्याण्ड्सले अब क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम सोह्र अन्तर्गत आज हुने अर्को खेलमा स्वीडेन र अमेरिका भिड्ने छन् । स्वीडेन समूह जी को विजेता टोली हो । अमेरिका भने समूह ई को उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

अष्ट्रेलियाको मेलबर्नस्थित रेक्टेङ्गुलर रंगशालामा खेल दिउँसो पौने तीन एक बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्