खेलकूद

महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

हिमालय टिभी
२०८० साउन १० गते ९:१५
महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

१० साउन २०८० काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदैछन् ।

पहिलो खेलमा जापान र कोष्टारिका भिड्ने छन् । समूह सी मा जापान र कोष्टारिकाबीच खेल हुन लागेको हो ।

जापान लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान ओर्लँदा कोष्टारिका पहिलो जित निकाल्ने दाउमा हुनेछ । शीर्ष स्थानको जापानले यसअघि जाम्बियालाई ५–० ले हराएको थियो ।

ष्टारिका भने स्पेनसँग ३–० ले पराजित भएको थियो । न्युजिल्याण्डको डुनेडिन रंगशालामा खेल नेपाली समय अनुसार बिहान पौने एघार बजे शुरु हुनेछ ।

दोस्रो खेलमा समूह सी अन्तर्गत नै स्पेन र जाम्बियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो स्थानमा रहेको स्पेनले पहिलो खेलमा कोष्टारिकामाथि ३–० को जित निकाल्दा जाम्बिया जापानसँग ५–० ले पराजित भएको थियो ।

न्यूजिल्याण्डको अकल्याण्डस्थित इडेन पार्कमा खेल दिउँसो सवा एक बजे हुनेछ ।

त्यस्तै तेस्रो तथा अन्तिम खेल समूह बी मा क्यानाडा र रिपब्लिक अफ आयरल्याण्डबीच हुनेछ । दुबै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् । क्यानाडाले पहिलो खेलमा नाइजेरियासँग गोलरहित बराबरी खेलेको थियो ।

आयरल्याण्ड भने घरेलु टोली अष्ट्रेलियासँग १० ले पराजित भएको थियो । अष्ट्रेलियाको पर्थस्थित पर्थ रेक्टेङ्गुलर स्टेडियम अपरान्ह पौने ६ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्