खेलकूद

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

हिमालय टिभी
२०८० साउन ५ गते ८:४१
महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

५ साउन २०८० काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् ।

पहिलो खेलमा नाइजेरिया र क्यानाडा भिड्दै छन् । समूह बी अन्तर्गतको खेलमा नाइजेरिया र क्यानाडाबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा आठ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा फिलिपिन्स र स्विट्जरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । समूह ए को खेलमा फिलिपिन्स र स्विट्जरल्याण्ड खेल्दै छन् । खेल पौने एघार बजे शुरु हुनेछ ।

आजको अन्तिम खेल समूह सी अन्तर्गत स्पेन र कोस्टारिकाबीच हुनेछ । खेल सवा एक बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्