खेलकूद

नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल शुरु हुँदै

हिमालय टिभी
२०८० साउन ४ गते ८:३०
नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल शुरु हुँदै

४ साउन २०८० काठमाडौं । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल आज शुरु हुँदैछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त आयोजनामा महिला विश्वकप फुटबल २०२३ शुरु हुन लागेको हो । दुई सहआयोजक भएको यो पहिलो महिला विश्वकप हो ।

विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ । उद्घाटन खेलमा समूह ए अन्तर्गत आयोजक न्युजिल्याण्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ । इडेन पार्कमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे शुरु हुनेछ ।

यस्तै आजै समूह बी मा अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा बजे शुरु हुनेछ ।

आगामी अगष्ट २० सम्म हुने प्रतियोगितामा साविक विजेता अमेरिकासहित ३२ राष्ट्र सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्