खेलकूद

नेपाली ‘गोल मेसिन’ साम्बाले खेल्ने भइन् युरोपमा (भिडियो रिपोर्टसहित)

२०८० साउन ३ गते २०:४०
नेपाली ‘गोल मेसिन’ साम्बाले खेल्ने भइन् युरोपमा (भिडियो रिपोर्टसहित)

३ साउन २०८० काठमाडौं । युरोपको व्यवसायिक फुटबल लिग खेल्न इजरायल जान लागेकी राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीलाई आज बिदाइ गरियो ।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर साबित्राले नेपाल र भारतमा समेत व्यवसायिक सफलता पाएकी छन् । अब योभन्दा माथिल्लो स्तरमा आफूलाई प्रमाणित गर्ने मौका र चुनौती उनी सामु आएको छ ।

सावित्रा भण्डारी नेपाली महिला फुटबलकै सर्वश्रेष्ठ खेलाडी हुन् यसमा कुनै दुईमत छैन् । अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि दरिलो खम्बा बनेकी साबित्राको चर्चा देशमा मात्र होइन दक्षिण एसियामै हुने गरेको छ । यस क्षेत्रमा उनी प्रभावशाली स्ट्राइकरका रुपमा परिचित छिन् ।

नेपाल र भारतमा व्यवसायिक सफलताको उचाईमा पुगेकी साबित्रा अब यो भन्दा माथिल्लो स्तरको लिगमा खेल्दैछिन् । महिलातर्फ इजरायलको शीर्ष श्रेणीको लिग लिगात नासिम खेल्ने क्लब हापोएल रानानाले गत महिना साबित्रालाई अनुबन्ध गर्यो । अब उनी साउन १६ गते इजरायल जाने छिन् । कमजोर फुटबलस्तर भएको नेपालबाट विश्व फुटबलमै स्तरीय युरोपेली लिगमा स्थान पाउनु सामान्य विषय होइन ।

लम्जुङको सिमपानी भन्ने सानो गाउँबाट युरोपसम्मको यात्रा सहज भने थिएन । पुरुष केन्द्रित फुटबलमा महिलालाई अहिले पनि खासै अबसर छैनन् । गाउँघरमा फुटबल खेल्न आफुसँगैका किशोरीहरु नभएपछि दाईहरुसँग खेतबारीमा मोजाको बल खेल्दै उनले फुटबल सुरु गरेकी हुन् ।

लम्जुङको घलेगाउँमा स्थानीय प्रतियोगिता खेल्दै गर्दा रेफ्रि शुक्र तामाङको नजरमा परेकी सावित्रालाई तामाङले नै काठमाडौं ल्याएर एक्सपोजर दिएका थिए । सन् २०१४ मा एपिएफमा आबद्ध भएकी उनी त्यही वर्ष महिला राष्ट्रिय टोलीमा समेत परिन् । त्यसपछि भने उनले पछाडी फर्केर हेर्नु परेन ।

दक्षिण एसियामा मात्र नभई युरोपमा व्यवसायिक फुटबल खेल्ने सपना पालेकी उनका लागि २ महिना अगाडि सम्पन्न भएको भारतको महिला लिगमा गोकुलम केरलालाई उपाधि जिताउँदा २३ गोल सहित सर्वाधिक गोलकर्ता समेत बनिन् । त्यही प्रदर्शनबाट रानाना उनलाई क्लबमा भित्र्याउन तयार भयो ।

पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सहयोगमा युरोपेली लिगमा पाइला टेक्दै गरेकी उनीले राष्ट्रिय टोलीबाट ४५ अन्तर्राष्ट्रिय क्याप जित्दा ४४ गोल गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्