खेलकूद
इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दै
२०८० साउन १ गते ७:३८
१ साउन २०८० काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्नेछ ।
कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ खेल दिउँसो २ बजे शुरु हुनेछ । समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
भारत ए ले पहिलो खेलमा यूएई ए लाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ ।
भारत ए को कप्तानी अन्डर नाइन्टिन विश्वकप विजेता कप्तान एस डुलले गर्नेछन् जहाँ इन्डियन प्रिमियर लिग खेलेका खेलाडीहरुको वर्चश्व छ ।
नेपालले अगष्टसेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया