खेलकूद

भलिबल आकर्षण बढ्दो, छैन लगानी (भिडियो रिपोर्टसहित)

२०८० असार २५ गते २०:५७
भलिबल आकर्षण बढ्दो, छैन लगानी (भिडियो रिपोर्टसहित)

२५ असार २०८० काठमाडौं । नेपालमा खेलिने विभिन्न खेलमध्ये लोकप्रिय खेल हो भलिबल । देशका कुना कन्दरादेखि शहर बजारका कभर्डहलसम्म हुने प्रतियोगितामा देखिने दर्शकको भिंडले पनि यसलाई पुष्टि गर्छ ।

पछिल्लो १ दशकदेखि भलिबल संघको सक्रियतासँगै देशभरनै भलिबल प्रतियोगिता आयोजनाको लहर नै छ । लोकप्रियतासँगै प्रतियोगिता संख्यात्मक रुपमा उल्लेख्य देखिए पनि यसले व्यवसायिक बाटो भने अझैसम्म समाउन सकेको छैन ।

कुनै समय निष्क्रिय जस्तै बनेको भलिबल यो १ दशकयता भने सक्रिय देखियो । अझ २०७४ सालमा राष्ट्रिय खेल घोषणा भएसँगै नेपालमा भलिबलको गतिविधि बढेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका साथै वर्षभरि नै घरेलु प्रतियोगिताहरु संचालन भइरहेका छन् । यस्तोमा आम बुझाई के छ भने भलिबल खेलाडीले वर्षैभरि खेलेर राम्रै आर्जन समेत गरिरहेका छन् । तर अवस्था त्यस्तो छैन ।

भौगोलिक अवस्था अनुकुल, सीमित लगानी, सानो ठाँउमा पनि खेल्न सकिने भलिबल जतिको लोकप्रिय नेपालमा सायदै अन्य खेल होला । मास गेममा फुटबल र क्रिकेट जतिकै दर्शकको साथ भलिबलले पाएको छ । तर फुटबल र क्रिकेट विस्तारै व्यवसायिकतातर्फ उन्मुख हुँदा भलिबलले भने त्यो लय भेट्टाउन सकेको छैन ।

नियमित पारिश्रमिक पाउने ३ वटा विभागीय टोलीका खेलाडी बाहेक केही सिभिल क्लबले पनि निश्चित अवधिका लागि पारिश्रमिकमा खेलाडी अनुबन्ध गर्ने गरेका छन् । सीमित स्रोत साधनकाबीच प्रतियोगिता खेलिरहेका क्लबहरुले समेत वर्षैभरि खेलाडीलाई पारिश्रमिक दिने अवस्था छैन ।

नियमित आम्दानीको श्रोत नबन्दासम्म त्यो खेलले सोचेजस्तो प्रगति गर्न सक्दैन । जबसम्म विभागीय बाहेकका खेलाडीले पनि खेलेरै बाँच्ने अवस्था बन्दैन भलिबलले यो भन्दा बढी उचाई पाउन कठिन छ । यद्यपी विगतको तुलनामा केही सुधार भएको खेलाडीको अनुभव छ ।

कुनै समय थियो खेललाई स्वास्थ्य, मनोरञ्जन र सामाजिक सेवाका रुपमा लिइन्थ्यो । तर आज विश्वमै खेलकुद व्यवसायको प्रमुख आकर्षणको क्षेत्र बनिरहेको छ । यसका लागि खेलाडी र प्रशिक्षकसँगै खेलसँग सम्बन्धित सबै जनशक्तिलाई नै व्यसायिक बनाउन जरुरी छ । सँगै उपयुक्त पूर्वाधार नेपालका लागि आजको आवश्यकता हो ।

देशभर संख्यात्मक रुपमा जसरी भलिबल प्रतियोगिता भएका छन्, त्यस अनुसार व्यवस्थापनमा भने ध्यान पुगेको देखिँदैन । भलिबल संघ आफैले पनि वार्षिक रुपमा विभिन्न प्रतियोगिता गरिरहेको छ । तर अब प्रतियोगिता संचालनमात्र भन्दा पनि खेलकै माध्यमबाट आर्थिक अवस्था सुधारका लागि पहल कदमी लिने समय आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्