आर्थिक

धनकुटामा खोलाको बगरदेखि घरको छतसम्म ड्रागन खेती (भिडियो रिपोर्टसहित)

२०८० असार २० गते १८:००
धनकुटामा खोलाको बगरदेखि घरको छतसम्म ड्रागन खेती (भिडियो रिपोर्टसहित)

२० असार २०८० धनकुटा । पछिल्लो समय धनकुटामा नयाँ र आगन्तुक फलको खेती गर्ने क्रम बढ्दो छ । एभोकाडो, किबी लगायतका नयाँ प्रजातिका फलसँगै धनकुटामा ड्रागन फ्रुट पनि भित्रिएको छ । अहिले खोलाको बगरदेखि घरको छतसम्म ड्रागन फल देख्न पाइन्छ ।

धनकुटा नगरपालिका वडा नम्बर ९ छिम्सुवाका किशोर भण्डारीले तमोर नदीको बगरमा ड्रागन खेती सुरु गर्नु भएको छ । अहिले ६ रोपनी क्षेत्रफलमा करिब १२०० बोट ड्रागन फल लगाउनु भएको छ । ५० रोपनी क्षेत्रफलमा ड्रागन फल लगाउने उहाँको तयारी छ ।

धनकुटा नगरपालिका वडा नम्बर ७ त्रिभेणी चौककी बिमला सन्तोषी राईले घरको छतैभरि ड्रागन फल लगाउनु भएको छ । उहाँले छतमै करिब ३५० बोट ड्रागन फल लगाउनु भएको हो ।

त्यससँगै तमोर नदीको किनारमा रहेको कुशेटारमा पनि करिब एक हजार बोट ड्रागन फल लगाउनुभएको छ । शिक्षण पेशामा आबद्ध उहाँको बचेको समय घरकै छतमा रहेको ड्रागन खेतीमा बित्ने गरेको छ ।

ड्रागन फलले विरुवा रोपेको १ वर्षदेखि फल दिन थाल्छ भने एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ । धनकुटाका सुख्खाग्रस्त क्षेत्र तथा फराकिलो छत यसको लागि उपयुक्त हुने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राना बताउनु हुन्छ ।

पछिल्लो समय धनकुटा नगरपालिका र साँगुरीगढी गाँउपालिकामा यसको खेतीको हुदै आएको छ । क्याक्टस प्रजातिको यो फल रुखोपाखो बारीमा समेत लगाउन सकिन्छ ।

यसमा १४ प्रकारका मिनरल्स तथा भिटामिन पाइने जानकारहरु बताउछन् । यो फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली, जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन लगायत उत्पादन समेत गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *