खेलकूद

नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य, गुल्शन झाको अर्धशतक

हिमालय टिभी
२०८० असार १९ गते १७:१४
नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य, गुल्शन झाको अर्धशतक

१९ असार २०८० काठमाडौं । आईसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको विजयी लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ६८ रन बनायो ।

मध्यम सुरुवात गरेको नेपालले सातौं विकेट गुमाउँदा १ सय ६९ रन मात्र बनाएको थियो । तर आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्शन झाले ८० रनको कीर्तिमानी साझेदारी गर्दै पाली उकासे ।

आठौं विकेटका लागि नेपालको यो उच्च साझेदारी हो । यसअघि दीपेन्द्र सिंह ऐरी र सन्दीपले युएईविरुद्ध आठौं विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । ४९ औं ओभरको तेस्रो बलमा सन्दीप ३२ रन बनाएर आउट हुँदा गुल्शनले नटआउट ५७ रनको अर्धशतकीय पाली खेले ।

त्यस्तै, ओपनर अर्जुन साउदले ४८ र कुशल मल्लले ४४ रन बनाए । बलिङमा आयरल्यान्डका मार्क आदिर, ब्यारी म्याकार्थी र क्रेग योंगले २९२ विकेट लिए । ओडिआईमा नेपालले सामना गरेको आयरल्यान्ड तेस्रो टेस्ट राष्ट्र हो । यसअघि छनोट प्रतियोगितामै नेपालले जिम्बावे र वेस्टइण्डिजसँग खेल्दा दुवैमा हार व्यहोरेको थियो । २ सय ६९ रनको लक्ष्य पछ्याउँदै आयरल्यान्ड अहिले जवाफि ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्