आर्थिक

दाङको दंगीशरण : सिँचाइ सुविधा पाएपछि किसान दङ्ग (भिडियो रिपोर्टसहित)

२०८० असार १९ गते १४:३९
दाङको दंगीशरण : सिँचाइ सुविधा पाएपछि किसान दङ्ग (भिडियो रिपोर्टसहित)

१९ असार २०८० दाङ । दाङको दंगीशरण गाउँपालिका– १ रामपुरवासीको अहिले खुसीको सीमा छैन ।

कुनै बेला छेउमै बगेको खोला र नदी हेरेर अकासे पानीको भरमा बस्दै आएका रामपुरवासीले खेतमा सिँचाइ गर्न सम्भव हुन्छ भन्ने सोचेकै थिएनन् । तर, गाउँको उत्तर भेगमा बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले सिँचाइका लागि बागधैला कृत्रिम पोखरी बनाइ दिएपछि रामपुरका स्थानीयलाई खेतीपाती गर्न सहज भएको छ ।

कुनै समय अकासे पानीको भरमा खेती गर्दै आएका किसान बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले गाउँमा कृत्रिम जलासय निर्माण गरिदिएपछि अहिले दंग छन् । सिँचाइ हुने भएसँगै अहिले गाउँमा धान रोपाईको काम अन्तिम चरणमा छ । आयोजनाले यहाँ २ वटा जलासय निर्माण गरिदिएको छ । जसबाट सयौँ बिघा जमिनमा सिँचाइ पुगेको छ ।

तुलसीपुर उपमहानगरपालिका १ मनकामना देवी स्थित जम्मु चिरामा पनि जलासय निर्माण भएको छ । यसबाट ६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । १०५ घरधुरी लाभान्वित हुने छन् । यो आयोजनामा पनि लिफ्टको काम बाँकी छ । गाउँमा एक चरणमा मात्र सिँचाइ हुने भएपनि अब ड्यामको पानी प्रयोग गर्न पाए धेरै राहत पुग्ने स्थानीयको विश्वास छ ।

दाङमा सिँचाइका कारण खेती योग्य जमिन घट्दै गएको अवस्थामा २०७३ साल मंसिर १२ गते जिल्लामा ५६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले बृहत दाङ उपत्यका सिँचाइ आयोजना स्थापना भएको थियो । यो आयोजना २०७४÷७५ सालदेखि जिल्लामा २०८३÷८४ सम्म रहने छ । जसको कुल लागत ४० अर्ब अनुमान गरिएको छ । जिल्लामा अहिलेसम्म ६ हजार हेक्टरमा सिँचाइ पुगेको छ ।

जिल्लामा अहिलेसम्म विभिन्न ठाउँमा ३५ वटा जलासय निर्माण भएका छन् भने २६ वटा लिफ्ट सिँचाइ आयोजना सम्पन्न भएका छन् । यस्तै २० वटा निर्माणाधीन अवस्थामा छन् । १८ वटा लिफ्ट सिँचाइको लागि डीपीआर तयार भएको छ । यस्तै भूमिगत सिँचाइ अन्तर्गत हालसम्म ४२ वटा डिप ट्युबबेल निर्माण र १६ वटा निर्माणको लागि बोलपत्र आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *