खेलकूद

साफ च्याम्पियनसिप फुटबलमा नेपालको सान्त्वना जित

हिमालय टिभी
२०८० असार १२ गते १८:०६
साफ च्याम्पियनसिप फुटबलमा नेपालको सान्त्वना जित

१२ असार २०८० काठमाडौं । प्रतियोगिताबाट बाहिरिसकेको नेपालले साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हराएको छ ।

बैङ्लुरुको श्री कान्तिराभा रंगशालामा आज सम्पन्न खेलमा पाकिस्तानलाई हराएर नेपालले सन्त्वना जित निकालेको हो । दोस्रो हाफमा आशिष चौधरीले गरेको गोलनै नेपालको जितका लागि निर्णायक बन्यो ।

पहिलो हाफमा दुवै टोलीले पाएका केहि अबसर सदुपयोग गर्न नसक्दा गोल रहित बराबरी भयो । तर प्रतिस्पर्धात्मक दोस्रो हाफमा नेपालले अग्रता लियो । ६१ औं मिनेटमा मनिष डाँगीको प्रहारलाई पाकिस्तानी गोलरक्षक युसुफ इजाज बटले विफल पारे । ६८ औं मिनेटमा नेपाललाई अग्रता लिने अर्को मौकामा क्रसबार बाधक बन्यो ।

बाँया भागबाट देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्कियो । तर ८० औं मिनेटमा आशिषले नेपाललाई अग्रता दिलाए । लाकेन लिम्बुको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट भली प्रहार गर्दै आशिषले बललाई पोष्टको दिशा दिलाए ।

खेलको अन्तिम समयमा नेपालले गोल गर्ने केहि अबसर गुमाउँदा अग्रता दोब्बर बनाउन सकेन । यससँगै नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको छ । नेपाल रहेको समुह ए बाट यसअघिनै भारत र कुवेत सेमिफाइनल प्रवेश गरिसकेको छ । यि दुईबीच अहिले जारी खेलबाट समुह विजेताको टुङ्गो लाग्ने छ ।

समुह बीबाट भुटान प्रतियोगिताबाट बाहिरि सक्दा लेबनान, बंगलादेश र माल्दिभ्स सेमिफाइनलको होडमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्