खेलकूद

साफ च्याम्पियनसिप : यस्तो छ कुवेतविरुद्ध खेल्ने नेपाली फूटबल टोली

हिमालय टिभी
२०८० असार ६ गते १५:०७
साफ च्याम्पियनसिप : यस्तो छ कुवेतविरुद्ध खेल्ने नेपाली फूटबल टोली

६ असार २०८० काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको बैङ्गलुरुस्थित श्री कान्तिराभा रंगशालामा पौने ४ बजे सुरु हुने खेलमा नेपाल र कुवेत आमनेसामने हुन लागेका हुन् ।

कुवेतविरुद्धको खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले फिलिपिन्सविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएका छन् । गोलरक्षक किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रने नेपालको रक्षापतिमा विमल पाण्डे, रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठ छन् ।

मिडफिल्डमा लाकेन लिम्बू, पुजन उपरकोटी र एरिक विष्ट भने मनिष डाँगी, नवयुग श्रेष्ठ र अन्जन विष्टले नेपालको आक्रमण सम्हाल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्