अन्तर्वार्ता

मीनेन्द्र रिजाललाई प्रश्न : राजनीतिबाट टाढिने मनसायले अध्यापनको ढोका फेरि खोलिएको हो ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० जेठ ३० गते २०:५४
मीनेन्द्र रिजाललाई प्रश्न : राजनीतिबाट टाढिने मनसायले अध्यापनको ढोका फेरि खोलिएको हो ? (भिडियो कुराकानी)

३० जेठ २०८० काठमाडौं । राजनीतिमा आबद्धले अध्यापन गर्न हुन्छ कि हुँदैन रु बेला–बेला यो बहसको विषय बन्ने गरेको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा हुन् वा भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम नै किन नहुन, उनीहरुले अध्यापन पेशालाई निरन्तरता दिए ।

तर, के नेपालमा सम्भव छैन ? पक्कै छ, अहिले कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मिनेन्द्र रिजालले यो अभ्यास गर्दैहुनुहुन्छ । हालैमात्र पार्टीको केन्द्रीय सदस्य निर्वाचित रिजालले साताको एकदिन अध्यापनलाई समय छुट्याउनुभएको छ ।

उहाँ राजनीतिमा जम्नु अघि १९ वर्ष पहिले पनि प्राध्यापन पेशामै आवद्ध हुनुहुन्थ्यो । एपेक्स कलेजका संस्थापक तथा अध्यक्ष रिजालले आफूले पढाउने कोर्स समेत डिजाइन गर्नुभएको छ ।

आजको तीन मिनेटमा हामीले उनै रिजाललाई तपाईको अध्यापन यात्रा राजनीतिबाट ब्रेक हो कि राजनीतिसँगैको निरन्तरता हो भनेर सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्