खेलकूद

फुटबल खेलाडी सावित्रा इजरायली क्लबमा

हिमालय टिभी
२०८० जेठ ३० गते १५:१३
फुटबल खेलाडी सावित्रा इजरायली क्लबमा

३० जेठ २०८० काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी इजरायलको शीर्ष डिभिजन क्लबमा आबद्ध भएकी छन्

इजरायलमा महिलातर्फको शीर्ष श्रेणीको लिग लिगात नासिम खेल्ने क्लब हापोएल रानानासँग सावित्राले सम्झौता गरेकी हुन् । क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् सावित्रालाई अनुबन्ध गरेको जानकारी गराएको छ । तर सम्झौता रकम र अवधि भने खुलाइएको छैन् ।

यससँगै युरोपेलि लिग खेल्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । सन् १९५४ देखि १९७४ सम्म एएफसीमै आबद्ध भए पनि राजनीतिक दबाबका कारण इजरायलले एसियाली फुटबल महासंघ छोड्नु परेको थियो ।

पछि सन् १९९२ मा युरोपेलि फुटबल एसोसिएशन युइएफएले इजरायललाई एसोसिएट सदस्यता दियो । र त्यसको २ वर्षपछि पूर्ण सदस्यको मान्यता दिएको थियो । घरेलु फुटबलमा एकछत्र दबदबा बनाएकी उनले देश बाहिर माल्दिभ्स र भारतमा व्यवसायिक फुटबल खेलेकी छन् ।

यसै सिजन भारतको शीर्ष श्रेणीको लिगमा १० खेल खेल्दा उनले गोकुलम केरेलालाई च्याम्पियन बनाउन कीर्तिमानी २९ गोल गरेकी थिइन् । हापोएल रानानामा आबद्ध भएसँगै उनी एसिया बाहिर पहिलो व्यवसायिक खेल खेल्न लागेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *