आर्थिक

चिया : पत्ती विक्री नहुँदा चिन्तामा किसान, पर्याप्त नपाएको उद्योगीको गुनासो (भिडियो रिपोर्टसहित)

२०८० जेठ २७ गते १६:५५
चिया : पत्ती विक्री नहुँदा चिन्तामा किसान, पर्याप्त नपाएको उद्योगीको गुनासो (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० धनकुटा । धनकुटाका पाँचसय भन्दा बढी किसानले चिया खेती गरिरहेका छन् । जिल्लामा तीन ठूला र केही सहकारीमार्फत् चिया उद्योग सञ्चालनमा छन् ।

किसानले हरियो पत्ती विक्री नभएको गुनसो गरिहँदा उद्योगले कच्चा पदार्थको रुपमा चाहिने हरियो पत्ता पर्याप्त नपाउँदा क्षमताअनुसार उत्पादन गर्न नपाएको बताएका छन् ।

किसानले बगानमा हरियोपत्ति टिप्ने, मलजल र काँटछाँट गर्न छोडेपछि केही अघिसम्म मनै लोभ्याउने चिया बगान अहिले झाडीमा परिणत हुँदै गएका छन् ।

धनकुटाको हिले, पाख्रिबास, मूर्तिढुंगा, भीरगाउँ र परेवादिनलगायत स्थानका धेरै स्थानको चियाको अवस्था अहिले उस्तै छ । न्यून मूल्यमा हरियोपत्ता बेच्नुपर्ने बाध्यता, श्रमिक अभावलगायतका कारण किसान चिया खेती छाड्दै गएका छन ।

धनकुटामा ११८ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । जसबाट बार्षिक दुई लाख २१ हजार किलो हरियोपत्ती चिया उत्पादन हुँदै आएको छ । यो हरीयो पत्ति खपत गर्न तीन मझौला उद्योग र केही सहकारीमार्फत साना उद्योग स्थापना गरिएको छ । तर किसानले हरियो पत्ती विक्रीनै भएन भनिरहँदा हरियो पत्ती खपत गर्ने उद्योग भने कच्चा पदार्थ अभाव झेलिरहेका छन् । हिलेस्थित गुराँसे टी स्टेटलाई मात्र वार्षिक एक लाख २० हजार किलो हरियोपत्ती आवश्यक छ । उद्योगले कच्चा पदार्थ अभावकै कारण क्षमताको ३३ प्रतिशत मात्र उत्पादन गर्दै आएको छ ।

गुराँसेबाहेक अन्य दुई उद्योगको पनि अवस्था उस्तै छ । कच्चा पदार्थ जति भेटे पनि किन्ने अवस्थामा उद्योगहरु छन् । तर उद्योगसम्म कच्चा पदार्थ पुग्ने अवस्था छैन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले किसानलाई गुणस्तरीय उत्पादनमा ध्यान दिन सुझाव दिएको छ ।

चिया किसानको उत्पादन नबिक्ने र उद्योगलाई हरियो पत्ति नपुग्ने स्थितिको अन्त्यको लागि सरोकारवालाले ठोस कदम चाल्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *