आर्थिक

घान्द्रुक : करोडौं लगानीमा ‘एक घर एक होटल’ (भिडियो रिपोर्टसहित)

२०८० जेठ २४ गते १७:०१
घान्द्रुक :  करोडौं लगानीमा ‘एक घर एक होटल’ (भिडियो रिपोर्टसहित)

२४ जेठ २०८० कास्की । घान्द्रुक पर्यटनका लागि महत्वपूर्ण विशेषता बोकेको स्थान हो । समुदायमा आधारित पर्यटन, यहाँका पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको सम्बन्धले नै घान्द्रुकको पर्यटन व्यवसाय परिचित छ ।

हिमाल पारी रहेको यो गाउँ, अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्छ भने अहिले घान्द्रुक सडक सञ्जाालले पनि जोडिएको छ । बाक्लो बस्ती रहेको घान्द्रुकमा करोडौ लगानीमा एक घर एक होटल बनेका छन् ।

घान्द्रुक पुग्न धेरै पर्यटक लालायित हुने गर्छन् । छ हजार ७ सय फिट उचाइमा रहेको घान्द्रुक पुग्न कास्कीको नयाँपुल हुँदै जानुपर्छ । करिब ६ घण्टाको पदमार्गमा अहिले अधिकांश सडक कालोपत्रे भएपछि छोटो समयका लागि जान चाहनेका लागि पनि पोखराबाट घान्द्रुक ९० मिनेटमा सहजै पुग्न सकिने भएको छ ।

कोलाहल, प्रदूषण र व्यस्त जीवनबाट केही दिन टाढिएर हिमालकै काखमा चिसो मौसममा बस्न रुचाउनेका लागि पनि घान्द्रुक रोजाइमा पर्ने गरेको छ । विदेशीका लागि समयका हिसाबले छोटो, सस्तो र फरक फरक अनुभुति हुने यो पदमार्ग प्राकृतिक मनोरम र जैविक अनुसन्धानको हिसावले पनि आकर्षक गन्तव्य मानिन्छ । घान्द्रुकमा पुग्ने कोही पनि पर्यटकले आफ्नै रोजाइमा सेवा र सुविधा प्राप्त गर्न सक्दछ ।

कास्कीको बिरेठाटीबाट पदमार्गको यात्रा अन्नपूर्ण आधार शिविरसम्म पुगेर फर्कंदा झण्डै ५ दिन लाग्छ । यात्राका बीचमा पर्यटकले घान्द्रुक, सेनुवा, बम्बु, हिमालय, देउराली, माछापुच्छ्रे आधार शिविर जस्ता रमाइला स्थलहरुको अवलोकन गर्न पाउँछन् ।

चम्किला किरण छर्ने आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने २० भन्दा बढी हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु यस क्षेत्रको आकर्षण हो ।

पदमार्गमा हिउदको समयमा करिव १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ । पुस र माघमा सेताम्मे हिउँसंग पनि रमाउन सकिन्छ । प्राकृतिक रुपमा अति सुन्दर घान्द्रुक अहिले समय अनुसार विस्तारीत हुदै गएको छ । पर्यटनको प्रभावले गाउँका घर होटलमा परिर्णत भएका छन् । सबै लागनी स्थानीयले नै गरेका छन् । एकिन तथ्याङक नभए पनि एक अर्ब भन्दा बढी लगानी होटल व्यवसायमा भएको छ ।

विकास क्रमले भने पर्यटकीय गाँउको परिचय बनाएको घान्द्रुकलाई जीवन्त राख्न चुनौती छ । डोजरको जथाभावी प्रयोग मात्र होइन मौलिक घरहरुको सट्टा कंक्रिटको प्रयोगले घान्द्रुक सहरीया बन्नेतर्फ उन्मुख देखिन्छ । जुन पर्यटकीय क्षेत्रका लागि चिन्ताको विषय हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *