आर्थिक

शेयर कारोबारमा थप कर लगाएको भन्दै लगानीकर्ता सडकमा, कारोबार ठप्प पार्ने चेतावनी (भिडियो रिपोर्टसहित)

२०८० जेठ २० गते २१:०१
शेयर कारोबारमा थप कर लगाएको भन्दै लगानीकर्ता सडकमा, कारोबार ठप्प पार्ने चेतावनी (भिडियो रिपोर्टसहित)

२० जेठ २०८० काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटबाट धितोपत्र कारोबारमा थप कर लगाएको भन्दै लगानीकर्ताहरु सडक आन्दोलत छन् ।

सरकारले शेयर कारोबारमा व्यवसाय सरह नै कर लगाउन खोजेको भन्दै विद्यमान पूँजीगत लाभकरलाई नै अन्तिम कायम गर्नुपर्ने उनीहरुको माग छ । तर सरकार भने व्यवसायीको यो आरोप स्वीकार गर्न तयार छैन ।

सरकारले पूँजी बजारमा प्राकृतिक व्यक्तिलाई आयमा अल्पकालीन लगानीका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालिन लगानीलाई ५ प्रतिशत अग्रिम लाभकमर लगाउँदै आएको थियो । तर अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा सार्वजनिक गर्नुभएको आगामी वर्षको बजेटमा प्राकृतिक व्यक्तिले आय कर ऐनअनुसार आयकरको स्लावको माथिल्लो विन्दु ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने गरी नयाँ व्यवस्था गरेपछि यतीबेला शेयर लगानीकर्ता आन्दोलित छ । अल्पकालिन र दीर्घकालिन लाभ करलाई अन्तिम करको मान्यता नदिई व्यक्तिगत आयकरको सिमासँग जोडेर ३९ प्रतिशतसम्म कर असुल्न आटेको आरोप छ ।

बजेटले पूँजी बजार र घरजग्गा कारोबार गरेको व्यक्तिलाई २०७६–०७७ देखि नै आयकर स्लाब अनुसार ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने भनी त्यसमा ५० प्रतिशत छुटसहितको कर बुझाएमा त्यसअघिको आयकर छुट हुने भनेको छ। यो समय भनेको सेयर बजार बढेको र उच्च कारोबार भएको समय हो । यो व्यवस्थाले चार आर्थिक वर्षको आयकर ३९ प्रतिशतसम्मका दरले लगानीकर्ताहरुले तिर्नपर्ने भएपछि शेयर कारोबार नै ठप्प पार्नेसम्मको चेतावनी दिएर सरकारलाई दबाव बढाइरहेका छन् ।

यदि पछिल्लो चार आर्थिक वर्षको ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हो भने सरकारलाई २ खर्बभन्दा बढी राजस्व संकलन हुने अनुमान छ । चालू आर्थिक वर्षमा सरकारको राजस्व संकलन कमजोर भएको बेला सरकारले बठ्याईसहित यो नीति लिएको आरोप लगाए पनि अर्थमन्त्री महतले यो स्विकर गर्न तयार हुनुहुन्न ।

पूँजी बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै छ । हाल ५६ लाख बढी लगानीकर्ताहरुले बजारमा लगानी गर्दै आएका छन् । शेयर बजारबाट सरकारलाई आउने राजस्व अरु पनि भएपनि मुख्य पुँजीगत लाभ कर नै हो यसबाट मात्रै बार्षिक २० अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *