आर्थिक

आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सिमित हुने सरकारको प्रक्षेपण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १४ गते १८:३४
आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सिमित हुने सरकारको प्रक्षेपण (भिडियो रिपोर्टसहित)

१४ जेठ २०८० काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ।

प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण २०७९र८० सार्वजनिक गर्दै विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि परेकाले आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने उल्लेख गर्नुभएको हो ।

कोरोना महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिकरूपमा सुधारोन्मूख हुँदै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ। त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ।

चालू आर्थिक वर्षको फागुनसम्म १८३ उद्योग दर्ता भई १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी भएको छ भने १२ हजार ७ सय ४८ ले रोजगारी पाएका छन् । सामाजिक सुरक्षा कोषमा १७ हजार ७ सय ४८ रोजगारदाता र ३ लाख ९८ हजार ५ सय ८७ श्रमिक आवद्ध भएका छन् ।

९५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ भने विद्युतको जडित क्षमता २ हजार ६ सय ६६ मेगावाट पुगेको छ । अर्थात अझै ५ प्रतिशत नागरिक विद्युतको पहूँच बाहिर छन् । फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे, ७ हजार ९ सय ५६ किलोमिटर ग्रावेल र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची सडक गरी हालसम्म राष्ट्रियस्तरका सडकको लम्बाई ३४ हजार १ सय किलोमिटर पुगेको छ।

चालू आर्थिक वर्षमा मात्रै १०४ किलोमिटर नयाँ सडक र ७५ वटा पुल निर्माण सम्पन्न भएको छ। स्वास्थ्य बीमाको पहुँच ७७ वटै जिल्लामा पुगेको अर्थमन्त्री महतले जानकारी दिनुभयो ।

आधारभूत खानेपानीको पहुँच ९४ दशमलव ९३ प्रतिशतमा पुगेको छ भने उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच २५ दशमलव ८१ प्रतिशतमा रहेको छ। सरकारी स्वामित्वका ४४ मध्ये २५ संसथान नाफामा र १९ वटा घाटामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *