खेलकूद

काभा महिला भलिबल : भारतसँग नेपाल पराजित

हिमालय टिभी
२०८० जेठ १० गते १८:२२
काभा महिला भलिबल : भारतसँग नेपाल पराजित

१० जेठ २०८० काठमाडौं । भारतले घरेलु टोली नेपाललाई हराउदै एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता समूह ए को विजेता बनेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको खेलमा नेपाललाई हराउँदै भारत समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल विरुद्दको खेल भारतले ३–१ को सेटमा जित्यो ।

पहिलो सेट १२–२५ ले गुमाएको नेपालले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो । तर चौथो सेट २५–२१ ले जितेर भारतले जित निकालेको हो। जितसँगै भारत ९ अंकका साथ शीर्ष स्थानमा छ ।

नेपाल ६ अंकका साथ दोस्रो स्थानमा छ । समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ।

भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आजै सम्पन्न खेलहरुमा काजकिस्तान र किर्गिस्तानले जित निकालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्