खेलकूद

एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित

२०८० जेठ ९ गते १३:१८
एनएससी–काभा महिला भलिबल : भारतद्वारा कीर्गिस्तान पराजित

९ जेठ २०८० काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा भारतले कीर्गिस्तानलाई ३–० सोझो सेटमा पराजित गरेको हो ।

यसअघि सोमबार भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई हराएको थियो । भारतले कीर्गिस्तानलाई पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २५–८ अङ्कले हराएको हो । कीर्गिस्तानको यो दोस्रो पराजय हो । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा कीर्गिस्तान नेपालसँग पराजित भएको थियो ।

समूह ‘ए’ मा रहेको भारत दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित सो प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्