आर्थिक

बैंकको बेथिति : ठूलालाई ऋण, सानालाई बेवास्ता (भिडियो रिपोर्टसहित)

२०८० जेठ ८ गते २१:१४
बैंकको बेथिति : ठूलालाई ऋण, सानालाई बेवास्ता (भिडियो रिपोर्टसहित)

८ जेठ २०८० काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको समग्र व्यापार-व्यवसाय ३० देखि ४० प्रतिशतमा खुम्चिएको छ।

मन्दीले ब्यापार खस्किएका बेला बैंकको ब्याज र घरभाडा तिर्न नसकेर व्यवसायबाटै पलायन हुनेको संख्या बढ्दो छ। व्यापार नभएर समस्या रहेका बेला नै बैंक तथा वित्तीय संस्थाले साना एवम् मझौला व्यवसायीलाई कर्जा रोकेपछि समस्या थप बढेको छ।

८९ प्रतिशत रहेको बैंकहरुको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० अहिले घटेर ८५ प्रतिशत तल आइपुगेको छ। सीडी रेसियो जति कम हुन्छ, त्यति नै बढी बैंकहरुसँग कर्जा लगानी गर्ने रकम छ भन्ने हो ।

यसआधारमा बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ७५ अर्ब रुपैयाँ बढी कर्जा लगानी क्षमता देखिन्छ । यो अवस्थामा पनि बैंकहरुले कर्जा विस्तार रोकेका छन् । तर ठूला उद्योगी र संचालकका नजिकका व्यक्तिलाई कर्जा लगानी गरेर साना एमव् मझौता व्यवसायीलाई मात्र कर्जा लगानी ठप्प पारेको साना व्यवसायीको गुनासो छ ।

साना एवम् मझौता व्यवसायीको कर्जाको मुख्य माध्यम रहेका सहकारीहरु समेत संकटमा रहेका बेला बैंकहरुले नयाँ ऋण पनि बन्द गरेको र पुरानो कर्जाको साँवा व्याज भुक्तानीमा समेत कठोर नीति लिएको व्यवसायीको आरोप छ ।

अति प्रभावित क्षेत्रलाई उपलब्ध गराइने पुनर्कर्जा सुविधालाई निरन्तरता दिन र जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको कर्जाको साँवा–व्याज ऋणीले भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज नलिनु भने पनि बैंकहरुले त्यसको कार्यान्वयन समेत गरेका छैनन् ।

साना व्यवसायीलाई राहत दिन सरकारले दिएको सहयोग समेत बैंकहरुले ठूला व्यवसायीको पोल्टामा सुम्पिएको आरोप छ । खास गरी साना व्यवसायीसँग पूँजीका सीमित विकल्प र अवसर हुन्छन् ।

ठूला व्यवसायीको पूँजीको विकल्प धेरै हुन्छ र उनीहरुको धेरै व्यवसायमा लगानी हुने हुँदा एउटा व्यवसायको नोक्सानी अर्कोबाट पूर्ति हुने सम्भावना हुन्छ । तर साना व्यवसायी समस्यामा पर्ने वित्तिकै समग्र कारोबारको चक्र नै बिथोलिन्छ । यसले उनीहरु छिटै व्यवसाय डुब्ने र पलायन हुने जोखिम हुन्छ । सरकार, बैंक तथा वित्तीय संस्थाले उनीहरुको संरक्षणमा विशेष चासो दिनुपर्नेमा अहिले ठिक उल्टो नीति लिँदा साना तथा मझौला व्यवसायी मारमा परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *