खेलकूद

काभा महिला भलिबल : उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो

२०८० जेठ ८ गते १३:४५
काभा महिला भलिबल : उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो

८ जेठ २०८० काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कप आज काठमाडौंमा शुरु भएको छ।

प्रतियोगिताको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

समूह बी मा रहेको उज्वेकिस्तानले राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा भएको खेलमा श्रीलंकालाई २७–२५, २५–२० र २५–१४ ले हराउँदै तीन अंक जोडेको छ । सुरुवाती दुई सेटमा श्रीलंकाले अग्रता लिए पनि जोगाउन सकेन ।

समूह ए को पहिलो खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ । भारतले बंगलादेशविरुद्ध २५–३, २५–९ र २५–६ को सहज जित निकाली ३ अंक जोडेको हो ।

समूह ए कै अर्को खेलमा नेपाल र कीर्गिस्तानबीच दिउँसो साढे ४ बजे प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम खेलमा माल्दिभ्स र काजकास्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान छन् ।

नेपालले भोलि बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको नेपाली टोलीले घरेलु कोर्टको फाइदा उठाउँदै ह्याट्रिकको लक्ष्यका रहेको छ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्