खेलकूद

साफ च्याम्पियनसिप : नेपाल कठिन समूहमा

हिमालय टिभी
२०८० जेठ ३ गते १७:१४
साफ च्याम्पियनसिप : नेपाल कठिन समूहमा

३ जेठ २०८० काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल भारतसहितको समूहमा परेको छ ।

भारतमा आज भएको समुह विभाजनमा नेपाल कठिन समूहमा परेको हो । नेपाल रहेको समूह ए मा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत परेका छन् । समुह बीमा माल्दिभ्स, भुटान, बंगलादेश र अर्को आमन्त्रित टोली लेबनान परेका छन् ।

दक्षिण एसियाबाहिरका २ टोलीले पहिलो पटक सहभागीता जनाउँदा श्रीलंका भने फिफाको प्रतिबन्धका कारण यस पटक सहभगी हुने छैन । साफ च्याम्पियनसिपको १४ औं संस्करण असार ६ देखि १९ गते सम्म भारतको बेंगलुरुमा आयोजना हुनेछ ।

गत संस्करण नेपाल साफ इतिहासमै पहिलो पटक फाइनल पुगेको थियो । जुन अहिलेसम्म नेपालको ठूलो उपलब्धी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्