खेलकूद

नेपाल एसीसी प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेश, उपाधिका लागि युएईसँग भिड्ने

हिमालय टिभी
२०८० वैशाख १६ गते १७:०५
नेपाल एसीसी प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेश, उपाधिका लागि युएईसँग भिड्ने

१६ वैशाख २०८० काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतसँग वर्षाको कारण पूरै खेल हुन नसकेपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल रोकियो । डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनु पर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपाल विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

वर्षा हुनुअघि कुवेतको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले पाँच विकेट लिए। उनले ४ दशमलव ३ ओभरमा १ मेडन राख्दा १० रन खर्चिए। सोमपाल कामीले एक विकेट हात पारे।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । वर्षाको ८(८ ओभर घटाइएको थियो । डकवर्थ लेविस पद्धतिको आधारमा एक रन लक्ष्यमा घट्न पुगेको हो ।

नेपालका कप्तान पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाए । रोहित शतक बनाउन ६ रनले चुकेका थिए । स्पिनर मोहम्मद अस्लामको बलमा ठूलो सट खेल्ने धुनमा रोहित डिप मिडविकेटमा स्पिनर यासिन पटेलबाट क्याच आउट भएपछि करिअरको दोस्रो शतक हान्नबाट चुकेका थिए ।

चौथो विकेटका लागि रोहित र कुशल मल्लले १ सय ९ रनको सानदार शतकीय साझेदारीका साथ नेपाललाई विशाल योगफलको आधार तय गरेका थिए । कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा कप्तान मोहम्मद अस्लामबाट क्याच आउट भए । उनी सैयद मोनिबको बलमा ठूलो सट खेल्ने धुनमा समातिन पुगे ।

नेपाललाई ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाउँदै राम्रो सुरुवात दिलाए । आशिफ शेखले ३१ रन बनाए । कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३३ तथा सयद मोनिव र यासिन पटेलले समान १र१ विकेट लिए ।

मुलपानीमा भएको अर्को सेमिफाइनलमा युएईले डी एल मेथडका आधारमा ओमानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्