खेलकूद

एसीसी प्रिमियर कपको सेमिफाइनल : नेपालले कुवेतलाई दियो २८१ रनको चुनौती

हिमालय टिभी
२०८० वैशाख १६ गते १५:०२
एसीसी प्रिमियर कपको सेमिफाइनल : नेपालले कुवेतलाई दियो २८१ रनको चुनौती

१६ वैशाख २०८० काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा कुवेतविरुद्ध २ सय ८१ रनको विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । वर्षाको ८(८ ओभर घटाइएको थियो । डकवर्थ लेविस पद्धतिको आधारमा एक रन लक्ष्यमा घट्न पुगेको हो ।

नेपालका कप्तान पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाए । रोहित शतक बनाउन ६ रनले चुकेका थिए । स्पिनर मोहम्मद अस्लामको बलमा ठूलो सट खेल्ने धुनमा रोहित डिप मिडविकेटमा स्पिनर यासिन पटेलबाट क्याच आउट भएपछि करिअरको दोस्रो शतक हान्नबाट चुकेका थिए ।

चौथो विकेटका लागि रोहित र कुशल मल्लले १ सय ९ रनको सानदार शतकीय साझेदारीका साथ नेपाललाई विशाल योगफलको आधार तय गरेका थिए । कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा कप्तान मोहम्मद अस्लामबाट क्याच आउट भए । उनी सैयद मोनिबको बलमा ठूलो सट खेल्ने धुनमा समातिन पुगे ।

नेपाललाई ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाउँदै राम्रो सुरुवात दिलाए । आशिफ शेखले ३१ रन बनाए । कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३र३ तथा सयद मोनिव र यासिन पटेलले समान ११ विकेट लिए ।

मुलपानी मैदानमा जारी अर्को सेमिफाइनलमा ओमान यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्