आर्थिक

हिरासरी बढ्दै छ जिराको मूल्य (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ९ गते २१:१०
हिरासरी बढ्दै छ जिराको मूल्य (भिडियो रिपोर्टसहित)

९ वैशाख २०८० काठमाडौं । नेपालसहित दक्षिण एशियाली मुलुकका भान्सा सामान्यतया चट्पटा र मसालेदार हुने गर्छ ।

खानामा प्रयोग हुने त्यस्ता मरमसलाको भाउ आकाशिएको छ । त्यसमाथि अझ जिरामा त कालो बजारी नै शुरु भएको छ । अहिले बजारमा प्रति किलोग्राम ६ सय पर्ने जिरा, १ हजार तिर्दासमेत नपाइने अवस्था छ ।

अहिले वार्षिक १४ अर्ब रुपैयाँभन्दा बढीका जीरा, मेथी, धनियाँ, लसुन, लगायतका मसला खपत हुन्छ । चालू आर्थिक वर्षको ६ महिनामा सुकेको धनियाँ र जिरा मात्रै १ अर्ब १२ करोड ३७ लाख ८५ हजार रुपैयाँको आयात भइसकेको छ।

प्रायः सबैजसो दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएर नेपालीको भान्सा महंगो बन्न पुगेका बेला मरमसलाको मूल्य पनि छोइनसक्नु भएको हो । ठूलो परिमाणमा भारत हुँदै नेपाल भित्रिने जिरा दुई महिनायता क्रमिक रुपमा बढ्दै किलोमै एक सय ५० रुपैयाँसम्मले महँगिएकोछ।

व्यवसायीकै अुनसार माघ मसान्तसम्म ५ सयमा पर्ने गरेको जिरा, गत दशैंताका प्रतिकिलो ४ सय ५० मा विक्री हुने गर्थ्यो । अहिले यसको बाजार मूल्य ६ सय रुपैँया छ । जिरा धुलोको भने ७ सय पर्छ । तर अहिले किराना पसलदेखि मसला मिलमा जिरा पाउन मुस्किल भएको छ । जस्कारण बजारमा कालो बजारी मौलाएको छ । जिरा कृत्रिम अभावले भान्साको स्वाद हराएको छ ।

बजारमा जिरा अभाव भएपछि उपभोक्तासँगै व्यवसायी पनि अचिम्मत छन् । प्रतिकेजी ६ सय रुपैयाँ रहेको जिरा अहिले ९ सयदेखि एक हजार रुपैयाँमा समेत बिक्री भइरहेको छ। भारतबाट आयात हुने जिरामा अहिले विचौलियाको चलखेल भैरहेको व्यवसायीले गुनासो पोख्छन् भने उपभोक्ता महँगीको मारमा परेको गुनासो गर्छन् ।

स्वाभवलेनै चट्पटा चिल्लोपिरो हुने नेपाली भान्सामा मसलाका रुपमा अनिवार्य प्रयोग हुने मसला हो, जिरा, धनियाँ, वेसार र खुर्सानी । त्यही बस्तुको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन् । स्वादको लागि नभैनहुने मसाला जिराको मूल्यमा अस्वाभाविक मूल्य वृद्धि भएसँगै बजारमा यसको अभाव समेत देखिन थालेकोछ । उपभोक्ता बजारमा जिरा किन्न त पुग्छन् तर कि त पाउँदै नपाउने, कि त महँगो मूल्य चुकाउनु पर्ने बाध्यता छ।

उपभोक्तालाई मात्र हैन जिराको मूल्य बढ्दा खुद्रा विक्रेतालाई समेत अप्ठयारोमा पारेको छ । मूल्य बढेसँगै आयात पनि घटेको छ । भारतबाट हुने आयातको मात्रा नमिल्दा यस्तो अवस्था आएको विक्रेताहरुको तर्क छ ।

केही व्यवसायीका अनुसार अहिले भारतमै पनि जिराको मूल्यवृद्धि भएर ५ सय भारु पुगेका कारण नेपाली बजारमा पनि मूल्य बढाइएको हो । त्यस्तै केही भन्छन् उपनिर्वाचनका कारण आयातमा समस्याका कारण महंगिएको हो । कारण के हो, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्ने निकाय वाणिज्य विभागको उदासिनता । नेपाली भान्सामा महत्तपूर्ण भूमिका खेल्ने जिरा, हिरा सरह बन्दै गैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *