खेलकूद

यु–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

२०८० वैशाख ९ गते ९:३३
यु–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

९ वैशाख २०८० बैतडी । सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ ।

नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताउनुभयो । टोलीमा उपकप्तानमा युवराज खत्री, विकेटकिपरमा आशिष लुहार, राजेश ऐर, रितिक थापा, रविन भण्डारी, सुदीपसिंह कार्की, सचिन मल्ल, अशोक धामी, मेट्रिक्स थापा, डम्बर माझी, विक्रम साउँद, आशिष शाह र भुपेश जोशी रहेका छन् ।

यस्तै प्रजल सुनार, आरिस बोहरा, सचिन भट्ट र कृष शाही वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । टिम प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा सुरेन्द्रबहादुर सिंहलाई जिम्मा दिएइको छ । वैशाख १ देखि ७ गतेसम्म अछाममा सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली तयार गरिएको जनाइएको छ ।

राष्ट्रियस्तरीय छनोट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हँुदैछ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्