खेलकूद

जब मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल भयो… (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ५ गते २०:५८
जब मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल भयो… (भिडियो रिपोर्टसहित)

५ वैशाख २०८० काठमाडौं । निर्माण भएको डेढ दशक भन्दा बढि समयपछि माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज पहिलो अन्तर्राष्ट्रिय खेल संचालन भयो ।

एसिसी प्रिमियर कप अन्तर्गत सिंगापुर र हङकङबीचको खेल यो मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल बन्यो । आफ्नै क्षेत्रमा ठुलो प्रतियोगिता हुँदा मुलपानीबासी निकै उत्साहित छन् । खेलाडीले पनि नयाँ मैदानमा खेल्दा फरक अनुभुति गरे ।

यो हङकङ र सिंगापुरबीचको खेल । अन्तर्राष्ट्रिय मैदानमा यि दुईबीचको यो पहिलो खेल होइन । तर मंगलबार एसिसी प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा यि हङकङ र सिंगापुरको खेल ऐतिहासिक रह्यो । कारण यो खेल भएको मुलपानीको माथिल्लो क्रिकेट मैदान । हङकङ र सिंगापुरबीचको खेल यो मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हो । निमार्ण सुरु भएको डेढ दशक भन्दा बढि समयपछि यो मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल संचालन भयो । नयाँ मैदानमा खेल्दा खेलाडीले कस्तो अनुभव गरे त ?

एसियाली क्रिकेट काउन्सिल एसिसीको सहयोगमा २०६३ सालमा यो मैदानको निर्माण थालिएको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपबाट नेपाल क्रिकेट संघ क्यानले भोगचलनमा पाएको यो मैदान विशेषत प्रशिक्षणलाई लक्षित गरि बनाएको हो । राखेपको स्वामित्वमा रहेको तल्लो मुलपानी मैदान भने प्रतियोगिता आयोजनाको दृष्टिकोणमा बनाईएको थियो ।

२०६० सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको परियोजना अन्तर्गत तत्कालीन मुलपानी गाविसले वडा ८ मा रहेको खाली जग्गा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि हस्तान्तरण गरेको थियो । झन्डै चार सय रोपनी जग्गा उपलब्ध गराएर आफ्नै आँगनमा अन्तर्राष्ट्रिय खेल हेर्न स्थानीयबासीले डेढ दशकसम्म कुर्नुपर्यो । लामो प्रतिक्षा पुरा भएकोमा स्थानीय पनि हर्षित छन् ।

यो मैदानमा समुह चरणका १० र एउटा सेमिफाइनल खेल खेलाईनेछ । घरेलु टोली नेपालले भने यहाँ एकमात्र खेल खेल्नेछ । बैशाख ११ गते नेपाल र साउदी अरेवियाबीचको खेल यहिँ हुनेछ ।

नेपालले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा त्रिवि मैदानसँगै पुलचोक क्याम्पसको मैदान, जावलाखेलको सेन्ट जेभियर्सको मैदान, टुँडिखेल, वीरेन्द्र सैनिक महाविद्यालय भक्तपुरको मैदानमा समेत बेलाबखत खेलाईसकेको छ । तर क्यानले सँधै त्रिवि मैदानको विकल्पका रुपमा मुलपानीलाई लिए पनि अहिले आएर बल्ल त्यसले पूर्णता पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्