खेलकूद

एपीएफले जित्यो प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबलको उपाधि

हिमालय टिभी
२०८० वैशाख २ गते १७:४२
एपीएफले जित्यो प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबलको उपाधि

२ वैशाख २०८० काठमाडौं । प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा फाइनलमा नेपाल पुलिस क्लबलाई ३(१ को सेटमा हराउँदै एपीएफ च्याम्पियन भएको हो । एपीएफले पुलिसविरुद्ध २५(२०, १८(२५, २५(१६ र २५( २२ को सेटमा जित निकालेको हो ।

पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

दोश्रो सेमिफाइनलमा पुलिसले गण्डकीलाई सोझो सेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । उपाधिसँगै एपीएफले ४ लाख नगद प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख पाएको छ ।

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । गण्डकी प्रदेशलाई ३(० को सेटमा हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो । तेस्रो भएसँगै आर्मीले १ लाख र चौंथो भएको गण्डकीले ५० हजार प्राप्त गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्