Main News

स्टन्टबाजीमा प्रचण्ड सरकार, बालेनलाई आरोप लगाउने मन्त्रीचाँही बेलगाम !(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २९ गते २१:१७
स्टन्टबाजीमा प्रचण्ड सरकार, बालेनलाई आरोप लगाउने मन्त्रीचाँही बेलगाम !(भिडियो रिपोर्टसहित)

२९ चैत २०७९ काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले संघ सरकारको असहयोगको १४ बुँदे फेहरिस्तसहित सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहर नउठाउन निर्देशन दिनुभयो ।

संघ सरकारले पनि फोहरसँग अरु विषय मिसाउनु राजनीति मात्रै भएको बतायो । बालेनलाई अराजक देखाएर पन्छन खोजेको प्रचण्ड सरकार चाँही नागरिकप्रति कति उत्तरदायी छ त ?

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई अराजक देखेको सरकार शाहको १४ बुँदे आरोपमा मौन देखिएकोछ । आरोपमा संघीय मन्त्रालयले सहयोग नै नगरेको प्रसंग छ । प्रमुख शाहको आरोप जस्तै सरकारको काममा नागरिक विश्वस्त छैनन् । बरु सरकारका मन्त्रीको दैनिकी र उनीहरुका दौडादौड हेर्दा देश बनाउन भ्याइ नभ्याइ झैं देखिन्छ । के साँच्चै प्रधानमन्त्रीदेखि मन्त्री लगाममै छन् त ? उनीहरुका हरेक निर्णय कार्यान्वयन भएका छन् त ? आम प्रश्न हो, यो । प्रधानमन्त्री प्रचण्डको यो भाषण सुनौं ।

चैत २२ गते प्रधानमन्त्री प्रचण्डले दुईदिन भित्र सरकारले पूर्णता पाउने बताउनुभयो । एक साता वित्यो अत्तो पत्तो छैन । र, उहाँ आफैले बोलेको कुरा पुरा नहुँदा यसको जिम्मा कसले लिने । प्रधानमन्त्री प्रचण्डको अर्को भाषण सुनौं ।

अर्थमन्त्री र गभर्नरलाई बैंकको ब्याजदर एक डिजिटमा झार्न निर्देशन दिएको अभिव्यक्ति दिईरहँदा अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीलाई ज्ञान हुनुपर्छ कि पर्दैन । अनि मौद्रिक नीतिका कारण ब्याजदर बढेको प्रधानमन्त्रीको दाबी सहि हो कि ब्यावसायी रुझाउने मेसो मात्रै ?

त्यति मात्र होइन, मन्त्रीका अभिव्यक्ति फगत लोकरिझाईंका लागि मात्र हुने गरेको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको यो सडक पीच गर्ने प्रतिवद्धता सुनौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी व्यवस्थापनको काममा असफल भएपछि संसदको रोष्टमबाट राजनीतिक हस्तक्षेप भन्दै पन्छन खोजिरहनुभएको छ ।

अर्का मन्त्री सुदन किराती पनि स्टण्ड गर्नै व्यस्त हुनुहुन्छ । मन्त्री किराँती पशुपतिको भेटी राख्ने भाँडो हराएको विषयमा छानबिन गर्दै हुनुहुन्छ क्यार । प्रतिवेदन आइसकेको दाबी गर्ने मन्त्रीले न चोर सार्वजनिक गर्न सक्नुभएको छ न कडाइ नै। बरु स्टण्डका लागि केही क्यामेरा अघिपछि लगाउने काम मात्रै गरिरहनुभएको छ ।

यी त भए प्रचण्ड सरकारका केही मन्त्रीका गतिविधि । आर्थिक समस्याले गिजलीएको अवस्थामा आम नागरिकको दैनिकी सकसपूर्ण छ । सय दिनमा ३७ उपलब्धि हासिल गरेको दाबी गरेको सरकारले नागरिकलाई राहत हुने के काम गर्यो त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *