Main News

रास्वपामा अरु सांसदभन्दा धेरै सभापति नै विवादित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २७ गते २१:२३
रास्वपामा अरु सांसदभन्दा धेरै सभापति नै विवादित (भिडियो रिपोर्टसहित)

२७ चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि स्वतन्त्र पार्टीमाथि नै प्रश्न उठिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने गल्ती गर्ने वा विवादित व्यक्तिलाई नछाड्ने उद्घोष गर्नुभएको छ । तर, सो पार्टीभित्र तुलनात्मक रुपमा हेर्ने हो भने लामिछाने स्वयं सबैभन्दा धेरै विवादित व्यक्ति हुनुहुन्छ ।

यो अभिव्यक्ति चितवन क्षेत्र नम्बर(२ बाट उपचुनाव लड्दै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हो । भ्रष्टाचारीलाई जेल कोच्न मत मागेको भोलिपल्ट आफ्नै पार्टीका सांसद विवादमा तानिएपछि सभापति लामिछानेले आक्रोशित भावमा पार्टीभित्र विवादित व्यक्तिलाई ठाउँ नभएको बताउनुभयो । तर, उहाँ स्वयंको विगतलाई एक पटक फर्केर हेरौं –

–नातेदार भिसामा नेपाल आएका बेला श्रम स्वीकृति नलिई टेलिभिजनमा काम गरेको
–नेपाली परित्याग, अमेरिकी नागरिक भएपछि सन् ०१४ मा अमेरिकी राहदानी । अमेरिकी राहदानी कायमै रहँदा नेपालको राहदानी बनाएको
–आफ्नै सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा ०७६ साउन ३० मा पक्राउ
–गृहमन्त्री भएलगत्तै निर्मला पन्तको हत्यारा खोज्ने पहिलो निर्णय, काम शून्य

–अमेरिकी नागरिकता कायमै रहेको बेला नेपालमा पार्टी दर्ता
–अवैध नागरिकताको प्रयोगका कारण सांसद र मन्त्री पद खारेज
–पहिलै सहकारी ठगीमा विवादित ढाकारामलाई सांसद र गण्डकी प्रदेश सभापतिमा मनोनित

लामिछानेका विवादित कामको फेहरिस्त लामै छ । लामिछानेकै कमजोरीका कारण चितवन(२ मा उपनिर्वाचन हुँदैछ । तर, नागरिकतामा सर्वोच्चले दोषी ठहर गर्दा पनि लामिछाने दम्भमै कायम रहनु भयो, गल्ती भएकोमा माफीसम्म माग्नु भएन । अहिले पनि दोहोरो राहदानीको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । सर्वत्र प्रश्न उठिरहेका बेला छानविनमा सघाउने भन्दा दम्भपूर्ण अभिव्यक्ति दिइरहनु भएको छ ।

सुशासनको चोर औँला अरुतर्फ सोझ्याइरहने तर ४ औँलाले आफैँमाथि गरिरहेको प्रश्नबाट भागिरहने कुरा रवि लामिछाने प्रवृत्ति नै बन्न थालेको छ । आफूविरुद्धका मुद्दाबाट जोगिने इमोश्नल ब्ल्याकमेलिङ गरिरहेका लामिछानेले पार्टीभित्रका यस्ता पात्रलाई कारबाही गर्न सक्नुहोला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *