Main News

पहिचानवादी पक्षधरको थप आन्दोलन गर्ने चेतावनीले कोशी प्रदेश झन् अशान्त बन्दै (भिडियो रिपोर्टसहित)

२०७९ चैत २७ गते १७:०७
पहिचानवादी पक्षधरको थप आन्दोलन गर्ने चेतावनीले कोशी प्रदेश झन् अशान्त बन्दै (भिडियो रिपोर्टसहित)

२७ चैत २०७९ विराटनगर । प्रदेश १ प्रदेशसभाले फागुन १७ मा प्रदेशको नाम कोशी पारित गर्‍यो । किराँत, राई, लिम्बु तथा शेर्पा जातीको बाहुल्य रहेको यो प्रदेशमा पहिचानका आधारमा प्रदेश नामाङ्न नभएको भन्दै शुरु भएको आन्दोलन रोकिने नाम लिएको छैन ।

माओवादी, जसपाले समर्थन जनाएपछि आन्दोलन समाधानभन्दा पनि जटिलता उन्मुख देखिएको छ । नाम परिवर्तन गर्न दबाब दिइरहेका पहिचानवादी पक्षधरले थप आन्दोलन गर्ने चेतावनीले कोशी प्रदेश झन् अशान्त बन्ने देखिन्छ ।

फागुन १७ मा प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले कोशी प्रदेश नामकरण गरेपछि पहिचानवादी संघ संस्थाको आन्दोलन चलिरहेको छ । चैत ५ मा विराटनगरमा भएको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाई फायर र दर्जनौं सेल अश्रु ग्यास समेत प्रहार गर्‍यो ।

सोही आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा मृत्यु भयो । सरकारले लिम्बूलाई सहिद घोषण गरेपछि आन्दोलन मथर हुने आकलन थियो । तर आन्दोलन दबाउन सहिद घोषणा गरेको भन्दै आन्दोलनरत पक्ष झन् सशंकित बने । आन्दोलनरत पक्षले राजनीतिक रूपमा नभइ प्रशासनिक रूपमा सम्झौता गर्न खोजेको उनीहरूको टिप्पणी छ ।

प्रदेशको नामको आवश्यकता र नामकरणको जटिलताका विषयमा जनतालाई बुझाएर आश्वस्त पार्ने जिम्मेवारी राजनीतिक दल र सरकारको हो । तर प्रदेशसभामा एउटा र जनतासँग सडकमा अर्को बोली र व्यवहार गर्ने प्रदेशसभा सदस्यका कारण नामकरण विवाद गिजोलिएको छ ।

जिम्मेवार राजनीतिक दल र तीनका नेतृत्वले नामकरण विवादमा दोहोरो चरित्र देखाइरहेका छन् । यसले समस्या थप बढाउने देखिन्छ । नामकरणपछि प्रदेश अशान्त बनेकाले नागरिकको दैनिकीमा असर पुगेको छ । तर, प्रदेश सरकारले विरोधका आवाजलाई वार्ता र संवादबाट हल गर्ने पहल र प्रयत्न गरेको छैन ।

पहिचानको पक्षमा उभिने दल तथा संगठनहरूसमेत कुनै एउटा नाममा सहमत भने भइसकेका छैनन् । तर, आन्दोलनकारीहरू भने यसलाई अस्वीकार गर्छन् । पहिचान पक्षधरहरू एकजुट नभएको भए संसदमा वैकल्पिक नाम कसरी पेश हुन्थ्यो भन्ने तर्क गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *